देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेम्बरले महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिने

देशान्तर

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको जानकारी गराइएको छ ।

समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने बताए । सूचना प्रविधिको विकास तिब्र गतिमा अघि बढीरहेको भन्दै उनले उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताए । विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकासमा राज्यले पनि प्राथमिकतामा दिनुपर्नेमा उनको जोड छ ।

तालिममा सहभागि इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटी समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवद्र्धन, वेबसाईट डिजाइन लगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले बताइन् ।

तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुनेछ ।