काठमाडौं – झापाको दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ । दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो ।
दमकमा नमूनाको रूपमा रहेको फोहरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भए पनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ । दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारी साधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गर्न सकिने छ ।
नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक विमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताए ।
दमकमा उत्पादित फोेहरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ । रासस
प्रतिक्रिया