काठमाडौँ – यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । हरेक वर्ष डिसेम्बर १८ मा मनाइने गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसलाई यस वर्ष पनि सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो ।
बिहीवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापी रुपमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन लागिएको जानकारी गराएको छ ।
मुल समारोह समितिका संयोजक तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी श्रमिक दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको बताए ।
यस वर्षको दिवसलाई नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान ‘उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नाराका साथमा मनाउन लागिएको उनले जानकारी दिए ।
प्रतिक्रिया