देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम सुखद भएन : अध्यक्ष तिमिल्सिना

देशान्तर

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम सुखद नरहेको टिप्पणी गरेका छन् ।

दलहरुमाथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनले बताएका हो । शनिबार ललितपुरमा आयोजित ‘जापान विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलीदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गरे । त्यस काममा लाग्न बौद्धिक समुदायलाई उनले आग्रह समेत गरे ।

उनले सचेत समुदायले दलहरुलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास निर्माणको कामले गति लिने पनि स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटक-पटक ध्यानाकर्षण गराए ।

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाई गर्न नहुने बताए ।

सोही अवसरमा उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको खुलेर प्रशंसा समेत गरे ।