देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा रिट

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्च अदालतमा बिहीबार रिट परेको हो ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता विमल पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिए ।