देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिन्छ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन् ।
समाज कल्याण परिषद्ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताएका हो । उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए ।

उनले यस्ता, समाजसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको वृहत्तर हीत, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए ।

उनले गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुृखी श्रमसीप र प्रविधिको अत्याधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने बताए ।