देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर पनि राजनीति हुन्छ ? : अध्यक्ष ओली

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गरे ।

आज मङ्गलवार काठमाण्डौमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गरे । अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसकाविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे ।

उनले भने, ‘राजनीतिको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार छ । म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु भन्ने छ । यस्तो पोलिटिक्स गर्नुभयो भने पोलिटिक्स हुँदैन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ रु श्रीमती, सालाहरू अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स रु अब गलत पोलिटिक्स गर्‍यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डट्टी पोलिटिक्छ भन्न थाल्छ । व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसीटिभी कर्‍यापकुरुप पारेर तार चुँडाएर आयो । अनि केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति रु अब यही देखेपछि अनि कतिपयले भन्छन्– आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन । यसका विरुद्ध तपाईँ, हामी उठ्नुपर्छ । पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनुपर्छ ।’

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरूले यसलाई मनोरञ्जन गर्ने माध्यमको रूपमा लिएको टिप्पणीसमेत गरे । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरूप्रति सङ्केत गर्दै उनले राजनीतिलाई उनीहरूले रमाइलो गर्ने माध्यमको रूपमा लिए पनि त्यस्तो नभएको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरूको प्रशंसा पनि गरे ।