देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

देशान्तर

काठमाडौं – सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकता सम्बन्धी विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेका छन् ।

नागरिकता विधेयकमाथि आधिकारीक धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

संसदद्वारा बहुमतले पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै प्रतिनिधिसभामै फिर्ता पठाइएको छ ।

सोही विधेयक फिर्ता आएसँगै सत्ता र प्रतिपक्षका दलहरुबीच आरोप प्रत्यारोप बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेसँगै राष्ट्रिय सहमति आवश्यक रहेको बताएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले साउन १५ गते प्रमाणिकरण गरेर पठाएको दुई सातापछि राष्ट्रपति भण्डारीले सोही विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएका थिए ।