देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धादिङको सिम्लेमा हैजाको प्रकोप

देशान्तर

काठमाडौँ – धादिङको थाक्रे गाउँपालिका(२ सिम्लेकी एक महिलामा हैजा देखिएको छ ।

घरमा झाडाबान्ता र पखाला लागेपछि साउन २९ गते उपचारका लागि टेकु अस्पताल काठमाण्डौ पुर्‍याइएकोमा हैजा पुष्टि भएको थियो ।

सिम्लेका अन्य चार जनालाई समेत झाडापखाला, बान्ता प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिए ।

हैजा देखिएपछि मङ्गलवार बिहान धादिङबेसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत त्यस क्षेत्रमा खटाइएको छ ।

प्रकोप प्रभावित क्षेत्रमा पानी उमालेर खान, व्यक्तिगत सरसफाइमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक सूचना गरी अनुरोध गरेको छ ।

पिउने पानीको नमुना सङ्कलन गरी पानीको गुणस्तर परीक्षण गरिने निर्णय गरिएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताए ।