देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नुवाकोटमा कांग्रेस उम्मेदवारको चर्चा


सरकारले यही मंसिर ४ गते चुनाबको मिति घोषण गरेसँगै गठबन्धन दलबीचमा टिकटको लागि रस्साकस्सी सुरु भइसकेको छ । सामाजिक सञ्जालमार्फत आफूलाई स्वघोषित उम्मेदारी घोषणा गर्ने देखि सार्वजनिक कार्यक्रममार्फत आफ्नो उम्मेदवारीको घोषणासम्म गर्न थालेका छन् ।

यो नुवाकोटको नेताहरूमा सुरु भइसकेको छ । दुई निर्वाचन क्षेत्र भएको नुवाकोट जिल्लामा अघिल्लो निर्वाचनमा एमाले माओवादी गठबन्धनले जितेको थियो । अहिलेको निर्वाचनमा ठिक बिपरीत कांग्रेस माओवादी गठबन्धन भएपछि दुबैले टिकटमा आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । केन्द्रमा सिट बाँडफाँड नटुंगिँदै जिल्लामा संघीय सांसदमा उम्मेदवार बन्नेहरूको चर्चा परिचर्चा सुरु भएको छ । नुवाकोटमा नेपाली कांग्रेसका ह्याबिडेट नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशरण महत, बहादुर सिंह लामा र जगदीश्वर नर्सिङ केसी आदि छन् । जस्ले केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्छन् ।

सायद त्यही भएर पनि होला नुवाकोट बेलाबेलामा चर्चामा रहिरहन्छ । नेपाली कांग्रेस नुवाकोटको राजनीतिमा दाइ, दाइ र भाइ, भाइको राजनीेतिले बढी चर्चा पाएको छ । त्यसो त केसी गुट र महत गुटको चर्चा पनि त्यत्तिकै छ । रामशरण महतले प्रत्यक्षमा चुनाब नलड्ने भएपछि प्रकाशशरण महत क्षेत्र नं १ को चुनावी मैदानमा जाने निश्चित भइसकेको छ । उहाँले स्वघोषित उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ । पटकपटक पराजित भइसकेका महत फेरि पनि निर्वाचनमा भाग लिन दौडधुप गरिरहेका छन् । उहाँ पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासिलो पात्र हुनुहुन्छ । जस्ले गर्दा डा. महतलाई टिकटको लागि कुनै समस्या देखिँदैन । प्रभावशाली नेता तथा जनप्रिय नेताको रूपमा चिनिएका अर्जुननर्सिङ केसी क्षेत्र नं २ बाट चुनाव लड्ने सार्वजनिक नै गरिसकेका छन । त्यसैगरी २० वर्ष जिल्लाको नेतृत्व गरी पार्टी कार्यकर्ताको माझमा लोकप्रिय कमाएका अर्का नेता जगदीश्वर नरर्सिङ केसी पनि टिकटको प्रतिस्पर्धामा छन् । केसी शेखर प्यानल नजिक छन्, प्रकाशरण महतसँग पनि जनाधार कमजोर भएकोले मिलेर जाँदा फाइदा सुनिश्चित देखेका छन् । त्यसैको उपज हो जगदीश्वर नर्सिङ केसीको घरमा आयोजना गरेको साउन १ को खिरखाने कार्यक्रममा एकअर्कामा देखाइएको सामीप्यता । यो कार्यक्रम अर्थपूर्ण रहेको कार्यकर्तामाझमा चिया पसलदेखि सार्वजनिक कार्यक्रमसम्म कुराकानी चल्न थालेको छ । के महत र केसीबीच चुनाबी तालमेल भएकै हो त ? प्रश्न अनुत्तरित छ ।

जगदीश्वरनर्सिङ केसी र प्रकाशशरण महतबीचको सम्झौता मिलेमा दुबैलाई फाइदा हुने देखिन्छ । आफू प्रदेशमा चुनाब लड्ने तर सर्तसहित निर्वाचन अगाडि नै संसदीय दलको नेतामा आफूलाई पक्का हुनुपर्ने नेता केसीको दाबी रहेको केसी निकट स्रोतले बताउदै आएको छ । उता महतलाई जिताउन केसीले सघाउनेसम्मको तालमेलको तयारीमा रहेको डा.महत स्रोतले बताउन थालेको छ । प्रतिनिधिसभाको क्षेत्र न १ बाट अहिले सासंद रहेका माओवादी नेता हितबहादुर तामाङ पनि सोही क्षेत्रमा चुनावी दौडानमा रहेका छन । उनी बहालवाला सांसद भएकोले पनि उनको दाबी स्वाभाबिक नै मानिन्छ । उता अर्जुननर्सिङ केसीले क्षेत्र नं २ बाट नै चुनाब लड्ने अडान राखिरहेका छन् । नुवाकोटमा गठबन्धन हुँदा कांग्रेस र माओवादीले एक, एक क्षेत्र पाउनेछन् । अहिले नुवाकोटमा कसले टिकट पाउला र जित्ला आफ आफ्नै विश्लेषणसहितको बजार चर्चा सुरु भएको बुझिन्छ । गठबन्धनबाहेक बाट चुनाब लड्दा दुवैलाई जित हासिल गर्न मुस्किल पर्ने आकलन गरेर गठबन्धनको रटान रटाइरहेका छन् यदि गठबन्धनले कार्यकर्ताको भावनालाई समेटेर टिकट वितरण गर्न सकेन भने, एमालेको पोल्टोमा जान पनि नसक्ला भन्न सकिन्न । त्यसैले नेतृत्वले समयमै ख्याल गर्न आवश्यकता देखिन्छ ।

संघीय निर्वाचन क्षेत्र न १ मा तामाङ र डा. महतको चर्चा
नुवाकोटको क्षेत्र न १ हाल माओवादीले जितेको छ तर माओवादीले जिते पनि यसपालि कांग्रेसको दाबी रहेको छ यदि गठबन्धन भएको अवस्थामा शीर्ष तहमा समझदारी कायम गरी कांग्रेसले टिकट पाउने कांग्रेस निकट स्रोतले बताउँँछ । त्यस्मा पनि प्रकाशशरण महतले पाउने अहिलेसम्मको आकलन छ । हितबहादुर पनि आफूले जितेको क्षेत्र सहजै नछाड्ने माओवादी स्रोत बताउँछ ।
संघीय निर्वाचन क्षेत्र न २ मा केसीको स्वघोषित उम्मेदारीको घोषणा माओवादी पर्खाइको घडीमा ।

संघीय निर्वाचन क्षेत्र न २ मा कांगे्रसका नेता अर्जुननर्सिङ केसीले आफू चुनाव लड्ने सार्वजनिक रूपमै स्वघोषित घोषणा गरिसक्नु भएको छ । माओवादीले औपचारीक रूपमा मुख खोलेको छैन । यस अघिको निर्वाचनमा एमालेका नारायण खतिवडाले नेपाली कांगे्रसका नेता केसीलाई पराजित गरेका थिए । अहिलेसम्मको विश्लेषण हेर्दा गठबन्धन भए माओवादीले टिकट पाउने जानकारहरू बताउँछन् यो क्षेत्रमा दुई नगरपालिकासहित पाँच पालिका रहेका छन् । विगतमा एमालेले जितेको क्षेत्रमा अहिले भने राप्रपासँग एमालेले तालमेल गर्न सक्ने सम्भाबना रहेको छ ।