देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनता पार्टीको सेवक होइन देशको मालिक बन्नुपर्छ : कमल थापा

देशान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै अध्यक्ष थापाले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । ‘यो सबैको अन्त्यको लागि जनता पार्टीको सेवक होइन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले ४ मंसिरमा हुने निर्वाचनले सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको समेतको अन्त्य गर्नुपर्ने बताएका छन् । त्यसका लागि नागरिक स्वाभिमानी हुनुपर्ने उनको भनाइ छ ।