देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेको गठबन्धन लाज-शरम पचेको हुँडार : ओली

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए । एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई शुक्रबार उनले यस्तो अभिवयक्ति दिएका हुन् ।

‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन्,’ कार्यक्रममा ओलीले भने । यस्तै उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र खतरनाक तत्त्व भएको आरोपसमेत लगाएका छन् । उनले कांग्रेस-माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने पनि बताए । ‘कांग्रेस-माओवादीले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’

चुनाव अगाडि गठबन्धनले दिग्भ्रमित बनेका मतदातालाई भ्रममुक्त गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । ‘मतदातालाई अरुले दिग्भ्रमित बनाउन नसकून् । भ्रममा नपरेका कोरा कागजमा नाम लेखिहालौं,’ उनले भने, ‘भ्रममुक्तलाई आफ्नो पक्षमा स्पष्ट बनाउने र भ्रमितलाई भ्रममुक्त गरिदिने ।’ अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्नु नपर्ने उनको तर्क थियो । ‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ उनले भने ।