देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने लामो दूरीका सवारी चलाउन राेक

देशान्तर

काठमाडाैं – धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडाैंको नयाँबसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको हाे । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएकाे छ ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा पहिरो खसेको छ, जसका कारण गएरातिदेखिनै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको ट्राफिक प्रहरीले जनाएकाे छ ।

आज बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । धादिङकै धुनिबेशी नगरपालिका ९ निमार्णाधीन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो पन्छ्याइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चलनमा ल्याउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएकाे छ ।