देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

देशान्तर

काठमाडौं – साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाँहि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार १५ रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।