देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनचाँदीकै मूल्य सामान्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

देशान्तर

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि एक सय रूपैयाँले बढेर आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २४० रूपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।