देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवेकशील नेपाली दल स्थापना गर्ने पुकार बम र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विच छलफल

देशान्तर

काठमाडौं – आज कलाकार निर्मल शर्माको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र उज्वल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बम बिच भेटघाट भएको छ। पुकार बमले आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिए अनुसार उनिहरू बिच विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र रवि लामिछानेले सुरु गरेको नयाँ पार्टीको बारेमा गहन छलफल भएको थियो।

काठमाडौं क्षेत्र नं १ मा पुकारको उम्मेदवारी लगायत आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भएको बुझिएको छ। पुकार बमले काठमाडौं १ बाट केहि दिन अघि उम्मेदवारी घोषणा गरेका थिए।

पुकार बम विवेकशील नेपाली दलका संस्थापक नेता हुन्। साथै उनी इनफ इज इनफ अभियानका अभियन्ता हुन्। उनले सरकारलाई कोरोनाको बेलामा जवाफदेही बन्न माग राख्दै साथी ईस् सँग मिलेर १२ दिन सत्याग्रह गरेका थिए। उनी २०७२ सालको भूकम्पको बेला गरेको काम र कोरोनाको बेलामा ५०० दिनभन्दा बढी खाना खुवाउने र अक्सिजन बैँक सञ्चालन गरेर चर्चाका आएका थिए । दुई नेता विच छलफल सकारात्मक भएको र सहकार्य गर्दै अघि बढ्नेबारे छलफल भएको बुझिएको छ।