देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओरालो यात्रामा रहेको नेप्से ४५ अङ्कले घट्यो, बेच्नेको लहरका कारण कारोबार रकम बढ्यो

देशान्तर

काठमाडौ – शेयर बजार आज बिहीवार पनि उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव २५ अङ्कले घटेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ ।सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ ।

दुई सय ३७ वटा कम्पनीको ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको नौ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नौ प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।