देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

याैन दुर्व्यवहारकाे केशमा सेन्ट लरेन्सका २ शिक्षकलाई थुनामा पठाउन आदेश

देशान्तर

काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले चाबहिलमा रहेकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए ।

कलेजका विद्यार्थीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।