देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकिङ कसुर मुद्दामा फरार उपेन्द्र घिमिरे भक्तपुरबाट पक्राउ

देशान्तर

काठमाण्डाै । बैंकिङ कसुर मुद्दामा फरार उपेन्द्र घिमिरेलाई प्रहरी वृत जगाती भक्तपुरले पक्राउ गरेको छ ।

खोटाङको हलेसी नगरपालिका वडा नम्बर–६ घर भई अहिले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–५ कटुञ्जे बस्दै आएका ३५ वर्षका घिमिरे पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनी विभिन्न १० जना व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड बत्तिस लाख चालिस हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ परेका घिमिरेमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।