देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पाको माथागढी- ८ मा कांग्रेसको प्यानलै विजयी

देशान्तर

पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ ।

 

बहादुरपुरबाट कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मत ल्याइएन् । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले प्रमुखमा ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याएकी छन् । पाल्पाको पूर्वखोला र रम्भामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर १ सिलुवाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका, बगनासकाली, तिनाउ, निस्दी, तानसेन नगरपालिकामामा मतगणना सुरु भएको छैन । रैनादेवी छहरा र रामपुर नगरपालिकाममा पनि अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेकाले केही समयमा सुरु हने मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए । निस्दीमा सहलकोटमा गठबन्धनका उम्मेदवारलाई हात हालेको विषयलाई लिएर सर्वदलीय बैठकमा विवाद भएपछि ढिला भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुकमांगद अर्यालका अनुसार शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको उनले जानकारी दिए । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।

१ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए । पाल्पाको रम्भा, माथागढी र पूर्वखोला गाउँपालिकामा शनिबार बिहानैदेखी मतगणना कार्य सुरू भएको छ । पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान भएको हो ।