देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीको सुर्नया-१ मा एमाले र शिवनाथ-१ मा कांग्रेस प्यानलसहित विजयी

देशान्तर

बैतडीको सुर्नया गाउँपालिका- १ म नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दसहित प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द बिजयी भएका छन् ।

शिवनाथ गाउँपालिका-१को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानलसहित विजयी भएका छन् ।

चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हजारीसिंह साउदले ५०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका सकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा न. २ को मतगणना जारी छ ।