देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोलुखुम्बुमा कांग्रेसको विजय शुरुवात, लिखुपिके १ मा प्यानलै विजयी

देशान्तर

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।

४ सय ५४ मत खसेका उक्त वडामा नेपाली काँग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेकपा माओबादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका लिए ।

४ जना वडा सदस्य पनि सबै काँग्रेस कै निर्वाचित भएका छन् । उक्त वडाबाट काँग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मिना कार्कीले २ सय ११ मत ल्याएकी छिन भने माओबादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले १ सय ८७ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले २३ मत मात्र प्राप्त गरेका छन् ।