देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोताङमा दोहोरो झडपमा १ को मृत्यू, ३ प्रहरी नियन्त्रणमा

देशान्तर

सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा एक ब्यक्तिको मृत्यू भएको छ ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी बृद्ध महिलाको मृत्यू भएपछि काँग्रेस र माओबादी कार्यकर्ता विच झडप हुँदा एक जनाको मृत्यू भएको हो । हिजो साँझ भएको घटनमा घाईते भएका ३५ बर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यू भएको प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

काँग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट माओबादी निकट रहेका राईको टाउकोमा गम्भिर चोट लागेको थियो । त्यस्तै घटनामा केही काँग्रेस कार्यकर्ता घाईते भएका छन् ।

घटनामा सम्लग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मत खासल्न बोकेर बृद्ध महिला ल्याएको तर मतदान गरिसके पछि भने घर पु¥याउन वेवास्ता गरेको आरोप काँग्रेसले लाए पछि दुई समुह विच झडप भएको हो ।

दमको विरामी ती बृद्ध महिलाको भने हिजो साँझ नै मृत्यू भएको थियो ।