देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनाङमा कांग्रेस र एमालेको विजयी सुरुवात

देशान्तर

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा देशका विभिन्न पालिकाहरुमा मतगणना सुरु भएको छ । मनाङका दुई पालिकाका अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

चामे गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भए । उनले ३२० मत ल्याउँदा नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । यसअघि घले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर विजयी भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुँदा एमालेकी आशाकुमारी गुरूङले २७४ मत ल्याएका छन् ।

त्यस्तै चामेको वडा नम्बर १ को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध निर्वाचित भएका थिए । वडा ३ र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षमा दुवै दलका उम्मेदवारले ३०–३० मत पाउदा गोलाप्रथाबाट एमालेका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, मनाङकै नार्पाभूमिबाट कांग्रेसले पनि खाता खोलेको छ । पालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर लामा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याए ।
४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।