देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ एक हजार रुपैयाँले घट्यो

देशान्तर

काठमाडौँ – गएको फागुनमा भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ त्यसयता भने घट्न थालेको छ ।

फागुन २५ गते सुनको मूल्य तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो । कोरोना भाइरसको जोखिमसँगै रुस र युक्रनेको युद्धका कारण सुनको भाउ बढेको थियो ।

केही दिनयता भने सुनको भाउ लगातारजसो घटिरहेको छ । हिजो सोमवार तोलामा आठ सय रुपैयाँले घटेको सुनको भाउ आज मङ्गलवार फेरि एक हजार रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपालमा पनि सस्तिएको हो ।आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी आज पनि हिजोजस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।