कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटमा जुवा खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
पक्राउ पर्नेमा पोखरा २ अर्चलबोटका रामबहादुर पुन, चक्र पुर्जा, पोखरा १५ रामबजारकी स्वस्तिका पुन, पोखरा १९ का मनोज पुन, उमेश मगर, टेकबहादुर गर्बुजा, पोखरा ११ की दिपा पुन, पोखरा २५ हेम्जाका शिवप्रसाद सापकोटा र पोखरा १८ सराङकोटका कृष्ण थापा रहेका छन् ।
प्रतिक्रिया