देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वप्रकाशले मागे अर्थमन्त्रीको राजीनामा

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो शैलीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्।

पूर्व–अर्थमन्त्री महेश आचार्यलाई स्मरण गर्दै महामन्त्री शर्माले अर्थमन्त्रीको राजीनामा मागेका हुन्।महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्। नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति। समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।’

पूर्व–अर्थमन्त्री महेश आचार्यले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिएको बताउँदै अर्थमन्त्री शर्माको राजीनामा मागे गरेका छन्।

मंगलबार सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

अदालतले कारबाही गर्नुको कारण पनि सरकारसँग माग गरेको छ। गभर्नर अधिकारीले आफूलाई गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रहरूपमा जाँचबुझ समिति गठन गरी निलम्बन गरिएको भन्दै त्यसको खारेजी माग गरी रिट दायर गरेका थिए।

गत २४ चैतमा मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । देशको अर्थतन्त्र ओरालो लागेको अवस्थामा अर्थमन्त्री र गभर्नर अधिकारीबीच टकराव परेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएर निलम्बन गरेका थिए।