देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्री हटाउन चाहन्थे देउवा, हटाए गभर्नर

देशान्तर

मुलुकमा आर्थिक सुधारका संकेत नदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघिसम्म अर्थमन्त्री जनार्दन शर्मालाई हटाउने मनस्थितिमा थिए ।

कांग्रेसनिकट अर्थविद् मात्र होइन, सरोकारवाला निकायका अधिकारीहरूको सुझावका आधारमा अर्थमन्त्री बदल्ने विषयमा देउवाले सत्ता गठबन्धनको शीर्ष बैठकमा समेत छलफल गरेका थिए ।

तर, अर्थमन्त्रीको अक्षमता ढाकछोप गर्न देउवा एकाएक गभर्नर हटाउन सहमत भएपछि पार्टीभित्रै आलोचित भएका छन् ।

देउवानिकट एक नेताको दाबीमा आर्थिक सुधारका लागि गभर्नर महाप्रसाद अधिकारी बाधक रहेको भन्दै उनलाई हटाउनुपर्ने प्रस्ताव लिएर अर्थमन्त्री शर्मा केही दिनअघि प्रधानमन्त्रीसमक्ष पुगेका थिए ।

‘गभर्नरले सरकार र राष्ट्र बैंकका सबै सूचना एमाले अध्यक्ष केपी ओलीकहाँ पुर्‍याएको र सरकारको नीतिभन्दा बालकोटको स्वार्थअनुसार काम गरेको भन्ने सिकायत थियो,’ ती नेताले भने, ‘तर सुरुमा देउवाले सहमति नदिएपछि शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत पहल गरेका थिए । दाहालको दबाबपछि गभर्नर हटाउने प्रक्रिया सुरु भएको हो ।’ कान्तिपुर दैनिकबाट ।