देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजारमा दोहोरो अंकको गिरावट

देशान्तर

काठमाडौँ – कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

आइतबार ३० दशमलव ८९ अंकले घटेको बजार सोमबार पनि १४ दशमलव ८८ अंकले घटेर २ हजार ४९८ दशमलव ५३ विन्दुमा झरेको हो।

सोमबार २२६ वटा धितोपत्रको ३४ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

सोमबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको १ दशमवल ३४ प्रतिशतले घटेको हो।

सोमबार पनि ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन्।

कारोबार रकमको आधारमा इमर्जिङ नेपालको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।