देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुईदिनमा १० लाख ७१ हजारले भरे ग्रीन भेञ्चरको आईपीओ

देशान्तर

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आईपीओ दोस्रो दिनसम्म १० लाख ७१ हजार ५५२ जनाले भरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधवार साँझ ५ बजेसम्म यी आवेदकहरुले १ अर्ब ३३ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ९ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ४ दशमलव ६२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले मंगलवारदेखि २८ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणलाई छुट्याएको प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरीएको छ ।

मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि अर्थात् चैत ११ गतेसम्म मात्र विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूर रेटिङ्ग प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयमा ३१ लाख २५ हजार कित्ता शेयर फागुन २ गतेदेखि १० गतेसम्म विक्री खुला गरी फागुन २९ गते बाँडफाँट गरिसकेको छ । आईपीओमार्फत जुट्ने पूँजी कम्पनीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न उपयोग गर्ने बताएको छ ।