देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो

देशान्तर

काठमाडौँ – मकवानपुरको मनहरिमा बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ मा ना ४ ख ४४५४ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र बसमा रहेका त्यहीँ ठाउँका २९ वर्षीय शम्भु दराई मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।