देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको घोषणापत्र लेखन समितिले आजबाट सुझाव संकलन 

देशान्तर

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र तयार गर्न बनेको नेपाली कांग्रेसको घोषणा पत्र लेखन समितिले बुधवारबाट औपचारिक रुपमा सुझाव संकलन थालेको छ । समितिले बुधबारबाट शीर्ष नेताकै उपस्थितिमा सुझाव संकलन गर्ने भएको छ । केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठीत घोषणा पत्र निर्माण समितिले पार्टीका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार विभिन्न पेशागत बुद्धिजीविसँग छलफल गर्ने कार्यक्रम छ समितिले बुधबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा छलफल कार्यक्रम राखेको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले बताए ।

समितिले शुक्रबार बिहान भने कांग्रेस केन्द्रीय कार्यसमितिका सबै सदस्य र पार्टीको संसदीय दलका सदस्यहरुसँग संयुक्त छलफल गर्नेछ । पार्टीले केन्द्रीय सदस्य आचार्यको संयोजकत्वमा ३५ सदस्यीय घोषणा पत्र तयारी समिति गठन गरेको थियो। पार्टीले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन समितिले सातवटै प्रदेशमा बृहत आमसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

यसै बीच वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको निर्वाचन परिचालन समितिले मंगलबार पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री र पूर्व सांसदसँग र पार्टीका शुभेच्छुक संस्थाका पदाधिकारीसँग परिचालनका विषयमा छलफल गरेको थियो । परिचालन समितिले बुधबार पूर्वराजदूत, पूर्वप्रशासक, पूर्व सुरक्षा अधिकारीसँग छलफल गर्ने कार्यतालिका तय भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

निर्वाचन परिचालन समितिले चैत २७ गते धनगढी, चैत २८ गते तुलसीपुर, चैत २९ गते रुपन्देही, चैत ३० गते पोखरा र चैत ३१ गते जनकपुरमा आमसभा गरिसकेको छ । ६ नम्बर र ३ नम्बर प्रदेशमा भने कहाँ र कहिले आमसभा गर्ने भन्ने मिति तय भैसकेको छैन ।