काठमाडौं – भारतीय अभिनेत्री उर्वशी रौटेलाले आफ्नो सुन्दरतालाई ६४ करोडको पहिरनले सुनमा सुगन्ध थपेकी छिन् ।
उनको सुन्दरतामा उनका प्रशंसकहरु मोहित बनेका छन् । भर्खरै उर्वशी अर्ब फेसन वीकमा समावेश भएकी थिइन् ।
उनी अरब फेसन वीकमा दोस्रो पटक समावेश गर्ने पहिली भारतीय बनेकी छिन् । अहिले उनको पहिरनको चर्चा भने निकै चलेको छ ।
उर्वशीले यो अरब फेसन वीकमा हाई थाई स्लिट गोल्डन गाउन लगाएकी छिन् । हिराले जडिएर तयार पारिएको सो गाउनमा उर्वशी कुनै महारानी भन्दा कम देखिएकी छैनन् ।
टाउँकोदेखि खुट्टासम्म गहनाले बनेको गाउनमा उर्वशी सजिएकी थिइन् । उनको यो गाउनको मुल्य ६४ करोड रहेको छ । जसले सबैलाई अचम्मित बनाएको छ ।
उनले आफ्नो तस्विर र भिडियोलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् । उनले तस्विरमा आज मेरो मन मेरो देशको लागि कृतज्ञता र भावनाले भरिएको छ ।
प्रतिक्रिया