देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज सर्वोच्चको फुटकोर्ट बस्ने

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतमा आज (बिहीबार) पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको छलफलबाट बिहीबार ‘फुलकोर्ट’ बैठक राखेर गोला प्रथाबाट पेशी तोक्ने विषयमा निर्णय गर्ने सहमति भएको थियो । न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय पनि गरेको छ ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्ने सहमतिमा पनि उनीहरू पुगेका छन् । हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

यसैबीच, यसअसघ प्रधानन्यायाधीशसँग इजलास साझेदारी नगर्ने भनिरहेको न्यायाधीशहरूमा विभाजन देखिएको छ । सर्वोच्चका १९ मध्ये ६ न्यायाधीश प्रधानन्यायाधीशसँगै इजलासमा बस्न सहमत भएको सर्वोच्च स्रोतले जनायो । वरिष्ठतम् न्यायाधीशहरू भने प्रधानन्यायाधीश राणासँग इजलास साझेदार नगर्ने पक्षमा देखिएका छन् ।

सर्वोच्चमा मुद्दाको पेशी गोला प्रणालीबाट तोक्नेगरी ६ मंसिरमा नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको थियो । मंसिर २ गतेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेशी तोक्नेगरी नियमावली संशोध गरेको थियो ।