देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

देशान्तर

काठमाडौं । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आजदेखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाले सिर्जनात्मक, चेतनामूलक र सन्देशमूलक कार्यक्रम गर्दैछन् ।

महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।

विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरे पनि महिला हिंसाका घटनामा कमी आएका छैनन् । सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको देखिन्छ । त्यसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् ।