देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुद्ध एयरको जहाज ‘स्याल’सँग ठोक्कियो

देशान्तर


काठमाडौं-त्रिभुवन विमानस्थलबाट नेपालगञ्ज अवतरणका लागि उडेको बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ ।

प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ ७ बजेर ७ मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो ।

अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु सकुसल रहेको बाँके प्रहरीले जनाएको छ ।

जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन् । यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए।