देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोला प्रथाबाट पेसी तोक्ने निणर्यका लागि फूलकोर्ट बैठक बस्ने

देशान्तर


काठमाडौँ-सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि पेसी तोक्दा गोलाप्रथा लागू गर्न तयारी गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबारको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निणर्य गर्न बिहीबार नै फूलकोर्ट बैठक बस्ने तयारी गरेका हुन् ।

यसअघि अघिल्लो साता न्यायाधीशहरूको फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका पास गरेको थियो ।

उक्त नियमावलीमा सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने व्यवस्था गरिएको छ ।