देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

देशान्तर

नवलपरासी । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए ।

उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।