काठमाडौँ – आइसीसी टी-२० विश्वकप अन्तर्गत वेस्टइन्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १४३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउदै १३९ रन बनाएपछि खेल ३ रनले हारेको हो ।
बंगलादेशका लागि लिटोन दासले सर्बाधिक ४४ रन बनाए भने कप्तान महमुदुल्लाहले अविजित ३१ रन बनाएका थिए । त्यस्तै मोहमद नैम र् सौम्य सरकारले १७-१७ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो ।
वेस्टइन्डिजका लागि निकोलस पुरनले सर्बाधिक ४० रन बनाए भने रोस्टन चेजले ३९ रन बनाएका थिए । त्यस्तैजासन होल्डरले १५ र् कप्तान केरन पोलार्डले १४ रन बनाएका थिए । त्यस्तै क्रिस गेलले ४, एवीन लुइसले ६, शिमरोन हेटमायरले ९, ड्वाने ब्राभोले १ र आन्द्रे रसेल शुन्यमा आउट भएका थिए ।
यो जितपछि वेस्टइन्डिजले आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने बंगलादेशले लगातार तेस्रो हर बेहोरेको छ । यो हारपछि बंगालदेशको सेमिफाइनलको यात्रा अब लगभग असम्भव भएको छ ।
प्रतिक्रिया