देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप १९६ जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

देशान्तर

नेपालमा थप १ हजार ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ९ हजार ९ सय १६ कोरोना परीक्षण गर्दा थप १ हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार १ सय ४० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ९ सय ५७ र १ हजार ७ सय ७६ एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना देखिएको हो ।

योसँगै हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख ६ हजार ५ सय १७ र एन्टीजेन विधिबाट ९३ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ४ जना स्वस्थ भएका छन् भने १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ८ सय १५ रहेको छ । गत २४ घन्टामा देशभर १ लाख ६३ हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।