देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिटामिन ए र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने

देशान्तर

काठमाण्डौ – सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ ।

हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाइँदै आएकोमा यो वर्ष दशैँ अवधिभित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कात्तिक ७ र ८ गते पाँच वर्षमुनिका बालबालिकालाई नजिकैको केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।