देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जेठ महिनामा २९ सय सवारी दुर्घटना, २१५ जनाको मृत्यु

देशान्तर

काठमाडौँ । गत जेठ महिनाको अवधिमा २९ सय बढी सवारी साधन दुर्घटनामा परेका छन् । आइतबार नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत जेठ महिनाको अवधिमा २ हजार ९ सय ११ सवारीसाधन दुर्घटनामा परेका हुन् ।

सबैभन्दा बढी मध्याह्न १२ बजेदेखि साँझको ६ बजेको समयमा बढी सवारी साधन दुर्घटनामा परेका प्रहरीको तथ्याङ्कले देखाएको छ । यस समयमा १ हजार ७३ सवारी साधन दुर्घटनामा परेका हुन् ।

त्यस्तै साँझ ६ बजेदेखि राति १२ बजेको समयमा १ हजार १६ सवारी साधन दुर्घटनामा परेका छन् । त्यस्तै राति १२ बजेदेखि बिहान ६ बजेसम्म १५८ सवारी साधन दुर्घटना भएका छन् । बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म ३३ सवारी सधान दुर्घटनामा परेका छन् ।

यस अवधिमा २ सय १५ जनाको मृत्यु समेत भएको प्रहरीले जानकारी दिएको छ । ५ सय ८० जना गम्भीर घाइते भएका छन् भने ३ हजार ६ सय ६० जना सामान्य घाइते भएका छन् ।

यस अवधिमा ट्राफिक कारबाहीबाट ९ करोड ४१ लाख ३० हजार ७ सय ६ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा १ लाख ११ हजार १ सय ९२ सवारी साधन कारबाहीमा परेका थिए ।

प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने,मापसे गर्ने,सवारी चालक अनुमति पत्र प्राप्त नभएको तथा ओभरटेक गरेर सवारी दुर्घटना भएको छ ।