काठमाडाैँ । सवारीचालक अनुमतिपत्र प्रणालीमा देखिएको समस्या समाधान भएपछि प्रणालीसँग सम्बन्धी सेवाहरु फेरि सञ्चालनमा आएका छन् ।
शुक्रबार यातायात व्यवस्था विभागमा रहेको सवारीचालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीमा केही समय समस्या आएको थियो ।
उक्त समस्या समाधान भएपछि सेवाहरु सञ्चालनमा आएका यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया