काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि लागु हुने गरी पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवासुविधा फिर्ताको लागि गृह मन्त्रालयमा निवेदन दिएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयका केही सदस्य आज गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको थिए ।
भण्डारीले गत शनिबार औपचारिक रुपमा नेकपा (एमाले)बाट सक्रीय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । त्यसपछि उनले सरकारी सेवासुविधा फिर्ता गरेकी हुन्। उनी सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा विभिन्न प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा फिर्ताका लागि निवेदन दिएको बताइएको छ ।
प्रतिक्रिया