देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माधव नेपालविरुद्ध अभिव्यक्ति दिने झाँक्रीलाई सोधियो स्पष्टिकरण

देशान्तर


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ । ३ दिनभित्र जवाफ पठाउने गरी आज बुधबार झाँकीसँग पार्टीले स्पष्टिकरण सोधेको हो ।

उनले शनिबार बुटवलमा नेपालप्रति लक्षित गर्दै सिनो बोकेर हिंड्न नसकिने अभिव्यक्ति दिएकी थिइन । उनले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको माग समेत राखेकी थिइन । ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनेकी थिइन् ।

अध्यक्ष नेपाल पतन्जली जग्गा प्रकरणमा मुछिएका छन् । उनलाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । विशेष अदालतले मन्त्रिपरिषद्को निर्णयका आधारमा हदबन्दी छुटको जग्गा सट्टापट्टा र किनबेच भएको भन्दै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साधारण तारिखमा छाड्न इन्कार गर्दै नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरिएको भन्दै ३५ लाख रुपैयाँ धरौटी तोकेको हो । धरौटीमा छुटेका पूर्वप्रधानमन्त्री नेपाललाई विशेष अदालतले साउन १३ गते तारेखमा उपस्थित हुन पनि आदेश दिएको छ ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।