देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ ।

वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको समेत जनाइएको छ ।

निर्देशक प्राडा शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना भएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताए ।

मन्त्री पौडेल थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए ।