देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वसांसद कँडेलको निधन

देशान्तर

बागलुङ । पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए ।

विसं ०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक छोरी छन् । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए ।

कँडेलले ०३७ सालदेखि ०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए । हाल उनी जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य थिए ।