देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. मुकुल ढकालको रिट न्यायाधीश रेग्मीको इजलासमा

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री रहेको दाबी गदै डा. मुकुल ढकालले दायर गरेको रिट बिहीबार (असार १२) सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

बुधबार (असार ११) उनले रिट दायर गरेका थिए । रिट आज न्यायाधीश रेग्मीको इजलासको छैटौँ नम्बरमा परेको छ ।

संस्थापक महामन्त्री डा. ढकाललाई रास्वपाले गत वर्ष देशभर घुमेर बनाएको रिपोर्ट बुझाएपछि सार्वजनिक गरेर अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।

कारबाहीविरुद्ध उनी निर्वाचन आयोगमा न्याय माग्न गएका थिए । उनलाई हटाएर नयाँ कार्यसमितिको कुनै जानकारी नरहेको भन्दै आयोगले पत्र दिएको थियो । त्यसपछि डा. ढकालले महामन्त्रीको हैसियतमा बैठक बोलाउन रास्वपामा निवेदन दिएका थिए ।

तर, रास्वपाले निर्वाचन आयोगलाई गत वर्ष नै जानकारी गराएको भन्दै डा. मुकुललाई महामन्त्री स्वीकार नगर्ने संकेत दिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।