देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतार जान लागेका सयौँ नेपाली त्रिभुवन विमानस्थलमा अलपत्र

देशान्तर

काठमाडौं । नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् ।

राति ११ बजे बोर्डिङ पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू विमानस्थलमै रात कटाउन बाध्य भएका थिए ।

एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ। कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो ।

यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ ।