देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेटमा मनोमानी भयो, छानविन गरौं : केसी

देशान्तर


काठमाडौं । गत जेठ १५ गते सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटमा मनोमानी भएको सत्तारुढ दलका सांसदले आरोप लगाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा मनोमानी भएको भन्दै संसदमार्फत छानविनको माग गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै मनपरी ढंगबाट बजेट विनियोजन गर्ने काम भएको दावी गरेका छन् । उनले विनियोजन प्रक्रिया ठीक छ कि छैन भनेर छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग समेत गरे ।

बजेट विनियोजन ठिक भए/नभएको अध्ययन गर्न संसदीय समिति बनाउनुपर्ने नभए सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाउनुपर्ने केसीको भनाई थियो । बजेट मनपरी पाराले विनियोजन हुनु दुखद् मात्र नभएर खेदपूर्ण भएको पनि उनको दावी थियो । मन्त्रीहरु र शीर्ष नेताहरुको जिल्लामा राखिएको बजेट र पूरै देशको बजेट एक ठाउँमा राखेर तुलना गरौँ के स्थिति हुन्छ? यसमा छानविन गर्नुपर्छ, उनले भने ।